नव निर्वाचित सांसदहरूले शपथ लिएसँगै ऋचा शर्मा को प्रश्न ? “के नागरिकले पनि जिम्मेवारी लिएका छन्रु”
इटहरी । नव निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै अभिनेत्री ऋचा शर्मा ले आम नागरिकको दायित्व र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएकी छन्। उनले देश निर्माणको जिम्मेवारी नेताहरूमा मात्र सीमित नरहेको स्पष्ट पार्दै प्रत्येक नागरिकले पनि आफ्नो भूमिका बुझ्नुपर्नेमा जोड दिएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले लेखेकी छन्, “आज नयाँ सांसदहरूले देश बदल्ने जिम्मेवारीका साथ शपथ लिए। तर साँचो प्रश्न यो हो– के हामी नागरिकले पनि शपथ लिएका छौंरु”
उनका अनुसार नियम उल्लंघन गर्ने, व्यक्तिगत जिम्मेवारीबाट पन्छिने र सबै अपेक्षा नेतामाथि मात्र राख्ने प्रवृत्तिले देशको विकास सम्भव छैन। “देश तब बन्छ जब हरेक नागरिक सचेत, अनुशासित र जिम्मेवार हुन्छ,” उनले उल्लेख गरेकी छन्।
शर्माले भावी पुस्ताका लागि राम्रो देश निर्माण गर्न परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्नेमा जोड दिँदै “अब परिवर्तनको समय हामीबाट सुरु” भन्ने सन्देश दिएकी छन्।
समसामयिक र सामाजिक विषयमा खुलेर धारणा राख्दै आएकी शर्माको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ। धेरैले यसलाई नेतामात्र आलोचना गर्ने तर आफ्नै कर्तव्य बिर्सने प्रवृत्तिमाथि सशक्त प्रश्नका रूपमा लिएका छन्।

Tulac 





