हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’

हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’

आज सिनेमा हल मा अन मोल केसी स्टार र चलचित्र ‘जेरी अन टप’ प्रदर्शन मा आएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्र अन मोल सहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बुढा’,भुवन केसी, उषा खड्गीको अभिनय छ । ‘जेरी अन टप’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन । सुयोग गुरुङको अनमोल र जसिता सङ्ग दोश्रो सह्कार्य हो । यस अघी फर्की फर्की मा सह्कार्य भएको थियो ।

एड्भान्स टिकट विक्री सुखद देखिएको चलचित्रले देशै भरी का सिनेमा हल मा २०० शोज पाएको छ ।सरोज न्यौपानेले ‘जेरी अन टप’ लाई निर्माण गरेका हुन् । अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र मा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।