‘लालीबजार’ १० करोड क्लबतर्फ ,दसैंअघि कसैले तोड्न नसक्ने रेकर्ड बनाउँदै

‘लालीबजार’  १० करोड क्लबतर्फ ,दसैंअघि कसैले तोड्न नसक्ने रेकर्ड बनाउँदै


गतवैशाख २५ गतेदेखि प्रदर्शनमाआएको नेपालीफिल्म ‘लालीबजार’ चौथो सातामापनिउत्साहजनकदर्शक सहभागितासहितप्रदर्शन भइरहेको छ ।चौथो सातामाप्रवेश गरेको फिल्मले देशभर १सय ९२ शो प्राप्त गरेको छ ।शनिबार अधिकांशशोमादर्शकको उल्लेख्यउपस्थितिदेखिएको थियो ।प्राप्तशोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहितप्रदर्शन भइरहेको र अधिकांशशो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।


चौथो सातामापनिहलमादर्शकको उस्तै चाप र उत्साहदेखिएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेताविशालदेवकोटा तथाकार्यकारी निर्माताप्रदीप भट्टराईले विभिन्नहलमापुगेर दर्शकसँग भेटघाट गरेकाथिए ।उनीहरूले काठमाडौंउपत्यकाकाविभिन्नहलमापुगेर दर्शकको प्रतिक्रिया समेत लिए । अभिनेताबानियाँले दर्शकबाट प्राप्त सुझावले आगामीकाममा सहयोग पुग्ने बताए ।उनले कलाकार र निर्माण टिमले दर्शककालागि नै कामगर्नेभएकाले प्रत्यक्ष भेटघाटलाई महत्त्व दिने गरेको उल्लेख गरे ।उनले भने, ‘हामीले गर्नेकामदर्शककै लागिहो, सोही कारण म लगायत टिम प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने गर्छौँ । म आफ्नो फिल्मआएको समयमाप्रतिक्रिया लिन्छु, जसले आगामीकाममामदत पुग्छ ।सोही कारण यसपटक पनिनेपालभरका मुख्य सहरमापुगेर दर्शकसँग भेटघाट गरेको थिएँ, धेरै प्रतिक्रिया सामाजिक सञ्जालमार्फत पनिआउने गरेको छ ।’


उनले आफ्नो फिल्मप्रदर्शनकाक्रममादर्शकको प्रतिक्रियानियमित रूपमालिने गरेको र त्यसले भविष्यका परियोजनामा सुधार गर्न मद्दत पुग्ने बताए ।यसपटक पनिदेशकाविभिन्नप्रमुख सहरमापुगेर दर्शकसँगअन्तरक्रिया गरेको तथा सामाजिक सञ्जालमार्फतसमेत धेरै प्रतिक्रियाप्राप्तभइरहेको उनले जानकारी दिए ।सुरुआती चरणमा कानुनी झन्झट र विभिन्नविवादका कारण चर्चामा रहेको ‘लालीबजार’ दर्शकको सकारात्मक साथका कारण यस वर्ष २०८३ माप्रदर्शन भएकाफिल्महरूमध्ये सर्वाधिककमाइगर्नेफिल्मबनेको छ ।फिल्मले हालसम्म झन्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ ।दर्शकको निरन्तर साथलाई आधार मान्दाआगामी दसैंअघि यसको व्यापारिक सफलता उछिन्न अन्यफिल्मलाई चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।


फिल्मले हजुरबुवादेखि नाति पुस्तासम्मकादर्शकलाई हलसम्मतान्न सफलभएको निर्माण पक्षको दाबीछ । यम थापाको लेखन तथानिर्देशनमाबनेको फिल्मले १० करोड रुपैयाँभन्दा बढी व्यापार गर्नेविश्वास प्रदर्शकहरूले व्यक्त गरेका छन् । ‘लालीबजार’को विषयवस्तु, निर्देशनतथाकलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् ।फिल्म हेरेर बाहिरिने अधिकांशदर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभूतिभएको तथाफिल्मले भावुकबनाएको प्रतिक्रियादिएका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशापौडेल, गोविन्द सुनार, आभाअर्याल, तारा शर्मा, रमेशवादी, सरस्वतीअधिकारी, जानकी कठायत, निश्चलपन्थी, विरवलचौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशालदेवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।


विशाल थियटरमाकाम गरीरहेकाकलाकार हुन् भने प्रसंशाजेनजीअभिनायताका रुपमाचर्चित छिन् ।निर्देशक यम थापाको कथातथानिर्देशनमातयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवादनिर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमातयार गरेकाहुन् ।फिल्ममाकार्यकारी निर्माताप्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेशखत्री र रविन्द्रसिंह बानियाँनिर्माता रहेका छन् ।