स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र 'कुम्भ' ,नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदै
इटहरी/ नेपाली फिल्म जगत्का रैथाने खलनायक एवं दिग्गज अभिनेता स्वर्गीय सुनिल थापाको अभिनय रहेको अन्तिम फिल्म' प्रदर्शनको सँघारमा आइपुगेको छ । यही जेठ १५ गतेलाई प्रदर्शन मिति तय गरेको यस एक्सन थ्रिलर फिल्मको मधेस प्रदेशको मुटु जनकपुरधाममा एक विशेष समारोहका बीच भव्य प्रमोसन गरिएको छ ।
ए रस प्रोडक्सन र रा डिजिटल नेपालको ब्यानरमा निर्माण भएको यो फिल्म करिब १ करोड ५० लाख रुपैयाँको लागतमा तयार भएको हो । नेपाली फिल्म बजारमा बलियो पकड जमाउने उद्देश्यका साथ यसलाई नेपाली र हिन्दी दुवै भाषामा नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदै दर्शकमाझ ल्याइँदैछ । स्वर्गीय थापाको अन्तिम फिल्म भएका कारण पनि यसप्रति फिल्म प्रेमीहरूले निकै भावुक र विशेष चासोका साथ हेरेका छन् । जनकपुरधामस्थित रघुपति पार्टी प्यालेसमा आयोजित प्रमोसन कार्यक्रममा राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । अशोक आर्यन यादवको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा मधेस प्रदेशका माननीय प्रदेश प्रमुख राम आशिष यादव मुख्य अतिथिका रूपमा सहभागी थिए ।
फिल्मको व्यावसायिक सफलताको कामना गर्दै उद्योगी तथा राजनीतिक नेतृत्वले नेपाली फिल्म उद्योगमा यस्ता ठुला लगानीका थ्रिलर फिल्महरू आउनु सकारात्मक रहेको बताए । कार्यक्रममा उपस्थित विशेष अतिथिहरू सुरेन्द्र भण्डारी अध्यक्ष, जनकपुरधाम उद्योग वाणिज्य संघ, अम्बु प्रसाद साह युवा प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश, जितेन्द्र महासेठ अध्यक्ष, उद्योग वाणिज्य संघ र गौतम साह उपाध्यक्ष, उद्योग वाणिज्य संघ रहेका थिए । यसका साथै मधेस प्रदेश चलचित्र बोर्ड तथा लोक सञ्चार बोर्डकी पूर्व सदस्य पुष्पा यादव, स्थानीय कलाकार सरोज सन्त र श्री महावीर युवा कमिटीका पूर्व अध्यक्ष अजय गुप्ता लगायतका सरोकारवालाहरूले फिल्मको कथावस्तु र प्राविधिक सबलताबारे चर्चा गर्दै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरे ।
१ करोड ५० लाख बजेटमा बनेको ‘कुम्भ’ एउटा विशुद्ध ‘एक्सन थ्रिलर’ फिल्म हो । बहुभाषिक बजारलाई लक्षित गरिएको यो फिल्मले नेपाली एक्सन जनरामा नयाँ ट्रेन्ड स्थापित गर्ने र दिवंगत अभिनेता सुनिल थापाप्रति सच्चा श्रद्धाञ्जली हुने निर्माण पक्षको दाबी छ ।


admin@cinekura.com 







