फेरि सुलक्षण र केकीको जोडी जम्दै ,‘बोक्सीको घर’ पछि अब ‘स्टेशन’ बनाउने

फेरि सुलक्षण र केकीको जोडी जम्दै ,‘बोक्सीको घर’ पछि अब ‘स्टेशन’  बनाउने

'बोक्सीको घर'को अभूतपूर्व सफलतापछि अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले नयाँ वर्ष २०८३ को शुभ अवसर पारेर आफ्नो तेस्रो निर्माण प्रोजेक्ट ‘स्टेशन’ घोषणा गरेकी छन्। क्राइम-थ्रिलर जनराको संकेत गर्ने यस फिल्मको पोस्टरमा ल्यापटप र अनुसन्धानका सामग्रीहरू फिचर गरिएको छ, जसले अघिल्लो फिल्मको जस्तै गम्भीर र रहस्यमयी कथावस्तुको छनक दिन्छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहने यस चलचित्रलाई केकीका बुबा बद्री अधिकारीले निर्माण गर्दैछन्। 'बदलिएको समयको बदलिएको कथा' भनिएको यो फिल्म आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा छ, जसले बक्स अफिसमा केकीको सफलताको यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।