फिल्म ‘रत्यौली’ मा विजय बराल र पूजा शर्मा जोडी बाँधिदै
नेपाली फिल्म क्षेत्रमा एक अनौठो र रमाइलो सहकार्यको सुरुवात भएको छ—अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्म ‘रत्यौली’ मार्फत पर्दामा जोडी बाँधिदैछन्। नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा पूजा जुँगासहित पुरुषको पहिरनमा र विजय लामो घुम्रिएको कपालमा रत्यौली नाचिरहेको निकै रोचक अवतारमा देखिएका छन्, जसले फिल्म पूर्णतः मौलिक र मनोरञ्जनात्मक हुने संकेत गर्छ।
नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममार्फत पूजाले पहिलो पटक निर्देशक सुदर्शन थापाको ‘क्याम्प’ भन्दा बाहिर निस्किएर लगानी गरेकी छन् भने निर्देशक मुस्कान ढकाल झन्डै ७ वर्षको अन्तरालपछि निर्देशनमा फर्किएका छन्। मौलिक संस्कृति र रमाइलो कथावस्तु समेटिएको यो फिल्म सुरज आचार्यको निर्माणमा तयार हुन लागेको हो।

admin@cinekura.com 





