लाफ्टर फर लाइफस्’ आज बुटवलमा, हाँसोसँगै प्रेरणाको सन्देश बाँड्दै

लाफ्टर फर लाइफस्’ आज बुटवलमा, हाँसोसँगै प्रेरणाको सन्देश बाँड्दै

बुटवल । युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र जीवन उपयोगी सन्देश प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ‘लाफ्टर फर लाइफस् : द मोटिभेसन’ कार्यक्रम आज बुटवलमा हुँदैछ। मकालु खबरको आयोजनामा सञ्चालन भइरहेको देशव्यापी कार्यक्रम दिउँसो १ बजे बुटवलस्थित सिद्धार्थ कटेजमा आयोजना हुन लागेको हो।

गत जेठ १० गते काठमाडौंको प्रज्ञा भवनबाट सुरु भएको कार्यक्रमले छोटो समयमै युवामाझ विशेष आकर्षण बटुल्न सफल भएको छ। कार्यक्रममा प्रेरणादायी प्रस्तुति, हास्य मनोरञ्जन र जीवनका व्यवहारिक पक्षबारे अन्तरक्रियामार्फत सहभागीलाई सकारात्मक ऊर्जा प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको कार्यक्रममा यशोदा फुड्सको करेन्ट चाउचाउ पावर्ड बाइ पार्टनरका रूपमा जोडिएको छ। नेपाल लाइफ इन्स्योरेन्स, काठमाडौं मेडिकल कलेज, राजधानी मोडल कलेज, राइटपाथ करिअर काउन्सिलिङ, जिली ईएक्स–५, सेफ राइड र यति एयरलाइन्सलगायत विभिन्न संस्थाहरूले कार्यक्रमलाई सहकार्य गरिरहेका छन्।

यसअघि काठमाडौं र पोखरामा सफलतापूर्वक सम्पन्न भइसकेको कार्यक्रम बुटवलपछि चितवन, वीरगन्ज, बिर्तामोड र इटहरीमा पनि आयोजना गरिनेछ। आयोजकका अनुसार युवाहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिएको हो।